Admission Open

तेस्रो संस्करणको चन्द्रागिरी वडास्तरीय फुटसल प्रतियोगिता हुँदै

काठमाडौं : चन्द्रागिरि नगरपालिका वडा कप फुटसल प्रतियोगिता यही कात्तिक २५ र २६ गते मत्स्य फुटसल एरिना मच्छेगाउँमा आयोजना हुने भएको छ ।

वेष्टर्न युनाइटेड क्लबद्वारा आयोजित तेस्रो संस्करणको सो प्रतियोगितामा नगरभित्रका १५ वडाका २२ टिमबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ८० हजार रुपैयाँ र ४० हजार रुपैयाँसहित ट्रफी र पदक र अन्य पाँच विधामा उत्कृष्ट हुनेलाई पाँच हजार रुपैयाँसहित पदक प्रदान गरिनेछ । ती विधामा उत्कृष्ट टिम, खेलाडी, गोलकर्ता र किपर छन् । प्रतियोगिताको मुख्य प्रायोजन चन्द्रागिरि नगरपालिकाले गरेको छ ।

प्रतियोगिताका बारेमा जानकारी दिन क्लबद्वारा आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रामनारायण घिमिरेले भने, “फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । नगरपालिकाभित्र खेलकूद विकास गर्न र युवालाई खेल क्षेत्रमा आकर्षित गर्न क्लबले विभिन्न गतिविधि गरिरहेको छ । प्रतियोगिताले फुटसल प्रवद्र्धन गर्न सहयोगसमेत गर्नेछ ।”

खेलकूद क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिताले कोशेढुङ्गाको काम गर्ने क्लबका उपाध्यक्ष साजन महर्जनले बताए । पछिल्लो समय युवापुस्ताका बीचमा फुटसल लोकप्रिय बनिरहेको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने नाराका साथ क्लबले खेलकूदका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । प्रतियोगिता अन्तर्राष्ट्रिय नियमलाई पालना गरी खेलाइने आयोजकले जनाएको छ ।

चन्द्रागिरि नगरपालिकाले पनि खेलकूद विकासमा उच्च प्राथमिकता दिँदै आएको छ । नगरप्रमुख घनश्याम गिरीले युवापुस्तालाई खेलकुदमा थप आकर्षित गरी खेल क्षेत्रको विकास गर्न नगरपालिकाले विभिन्न प्रतियोगिता आयोजना गर्न सहयोग गरेको जानकारी दिए । उनले भने, “युवा समाजका परिवर्तनका संवाहक शक्ति हुन् । उनीहरुको क्षमता र प्रतिभा विकासमा सबैले सहयोग गर्नुपर्छ । यसलाई खेलकूदले सहयोग गर्नेछ ।”

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...