Admission Open

भारी वर्षाका कारण नाइजरमा १७९ जनाको मृत्यु

काठमाडौँ : नाइजरमा जुन महिनादेखि परेको अविरल वर्षाका कारण हालसम्म कुल १७९ जनाको मृत्यु भएको यहाँको नागरिक सुरक्षा महानिर्देशनालयले शुक्रबार जनाएको छ । माटोले बनाइएका घरहरू वर्षाका कारण भत्किदा धेरै नागरिकको मृत्यु भएको हो ।

यसै बीच मानवीय कार्य तथा विपद् व्यवस्थापन मन्त्रालयले गत साता जिन्डरस्थित अंगौल जुलुका जनतालाई १८५ बोरा चामल, १८५ बोरा कोदो र १६६ बोरा सिमी लगायतका खाद्यान्न सहयोग उपलब्ध गराएको जनाएको छ ।

सन् २०२१ मा गर्मीको वर्षाले नाइजरमा ७७ जनाको मृत्यु  भएको थियो भने २५०,३३१ जना प्रत्यक्ष प्रभावित भएका  थिए। (रासस-सिन्हा)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...