सामसङले नेपाली बजारमा ग्यालेक्सी ए०४एस सार्वजनिक गरेको छ।
यो स्मार्ट फोनमा ट्रिपल रियर क्यामरा रहेकाले नयाँ पुस्ताले फोटोग्राफीको नयाँ युग अनुभव गर्न सक्ने कम्पनीले बताएको छ।
यसमा एउटा ५० एमपी मेन क्यामरा, २ एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र २ एमपीको डेप्थ क्यामरा र ५ एमपी सेल्फी क्यामरा छ जसले सेल्फी फोकस फिचर प्रदान गर्ने कम्पनीले बताएको छ। यो फोन ६.५ एचडी र एममओएलइडी डिस्प्लेको साथ नेपाली बजारमा उपलब्ध छ।