Admission Open

नेपालमा थप ८४८ कोरोना सङ्क्रमित, १ जनाको मृत्यु

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा ८४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ७२२ जनाको पीसीआर परीक्षण गर्दा ३९९ जनामा २ हजार ८९७ जनाको एन्टीजेन परीक्षण गर्दा ४४९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा अवधिमा ५२६ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा ९० हजार ४४७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ५ हजार २५९ जना सक्रिय सङ्क्रमित छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...