Admission Open

नेपालमा थप ९ सय १५ जनामा कोरोना पुष्टि, काठमाडौंमा मात्रै ४२२ संक्रमित थपिए

काठमाडौँ, १८ साउन : नेपालमा थप ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीले बुधवार जानकारी गराउँदै ६ हजार २ जनामा परीक्षण गर्दा ९१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । पीसीआरबाट ३ हजार ९१ जनामा परीक्षण गर्दा ५९० जनामा तथा एन्टिजेनबाट २ हजार ९११ जनामा परीक्षण गर्दा ३२५ जनामा संक्रमण पुष्टि भएको छ ।

राजधानी काठमाडौं उपत्यकाभित्र ४२२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कोरोना निको भएर थप ३०१ संक्रमित डिस्चार्ज भएका छन् ।

देशभर ५ हजार ४३३ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । जसमध्ये ४३ संक्रमितको आईसीयू र २ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता अधिकारीले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...