Admission Open

एनएमबि बैंकको ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

काठमाडौं : एनएमबि बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारमा छुट पाउने भएका छन् । एनएमबि बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट पाउने गरी सम्झौता गरिएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले पोखराको अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा र एनएमबि बैंकको क्रेडिट, डेबिट कार्ड र मोबाईल बैंकिङ बाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

बैंकले डिजिटल बैंकिङ अभियान अन्तरगत नगद सहितबाट नगद रहित डिजिटल कारोबारतर्फ लाग्न आफ्ना ग्राहकहरुलाई उत्प्रेरित गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...