Admission Open

बजार अनुगमन प्रभावकारी बनाउन मन्त्री बडूको निर्देशन   

काठमाडौँ, ८ वैशाख  : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । पछिल्लो केही दिनयता विभिन्न कारण देखाउँदै बजारमा अति आवश्यक वस्तुहरुको मूल्यवृद्धि तथा वस्तुहरुको अभाव देखिएको भन्दै मन्त्री बडूले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण समितिलाई निर्देशन दिनुभएको हो ।

उहाँले उपभोक्ताले मूल्य वृद्धिको गुनासो गर्न थालेको भन्दै उहाँले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको मन्त्रीको सचिवालयले जनाएको छ । आज विभागका महानिर्देशक लीलाप्रसाद शर्मालाई मन्त्रालयमा बोलाएर उहाँले दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर, मौज्दात तथा बिक्री वितरणको अवस्थाको निरन्तर अनुगमन गर्न निर्देशन दिनुभएको हो ।    

उहाँले आयातलगायत अन्य कारण देखाई व्यापारीले उपभोग्य वस्तुको मूल्य वृद्धि गरेको तथा बजारमा अभाव देखिएको भनी फैलाइएको नकारात्मक हल्लाले आमउपभोक्ता त्रासमा रहेकाले जनतालाई यथार्थ विवरणबारे जानकारी दिई आश्वस्त पार्न विभागलाई निर्देशन दिनुभएको थियो ।

रुस–युक्रेन युद्ध तथा नेपाल राष्ट्र बैंकले आयातमा गरेको कडाइका कारण बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य उच्च भएको छ । ठूला उद्योगी तथा व्यवसायीले आफूखुसी खाद्यान्नलगायत वस्तुको मूल्य बढाउँदा उपभोक्ता मारमा परेको उपभोक्ता अधिकारकर्मीहरुले बताउँदै आएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...