Admission Open

ad place

प्रतिभा माविद्वारा प्रा.डा. सुवेदी र पूर्व कप्तान मल्ललाई सम्मान

पोखरा : ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’बाट अग्रज साहित्यकार प्रा.डा.अभी सुबेदी सम्मानित भएका छन् । त्यस्तै  नेपाली क्रिकेटका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल पनि ‘प्रतिभा सम्मान’बाट सम्मानित भएका छन् । पोखराको प्रतिभा माविले दुवै जनालाई एक÷एक राशीको पुरस्कारबाट सम्मान गरेको छ । शनिबार पोखरामा आयोजित विशेष कार्यक्रमबीच दुवैलाई सम्मान गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, विद्यालयका प्रवन्ध निर्देशक बलबहादुर थापा, निर्देशक राजेन्द्र चापागाईं, किरण सापकोटा, प्राचार्य विश्वगोपाल पराजुली लगायतले उनीहरुलाई सम्मान गरेका हुन् ।

राष्ट्रमा विशेष योगदान पुर्याउने व्यक्तिहरुलाई विद्यालयले वर्षेनी यो सम्मान अर्पण गर्ने गरेको छ । सम्मानप्रति आभार व्यक्त गर्दै दुवै जनाले आफ्नो क्षेत्रमा काम गर्न अझै प्रेरणा मिलेको बताए ।

विद्यालयको वार्षिक परीक्षा तथा अन्य विविध प्रतियोगितामा उत्कृष्ट नजिता ल्याएका विद्यार्थीलाई समेत सो अवसरमा सम्मान प्रदान गरिएको थियो । प्रतिभा मावि गण्डकी प्रदेशको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...