Admission Open

अक्षरा बाल साहित्य महोत्सव सम्पन्न

काठमाडौं : विद्यार्थी र अभिभावकमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले सोमबार ‘अक्षरा बाल साहित्य महोत्वस’को आयोजना गरियो । काठमाडौंको कागेश्वरी मनोहरामा अवस्थित अक्षरा विद्यालयद्वारा आयोजित सो महोत्सवमा विविध साहित्यिक रचना प्रस्तुत गरिएको थियो ।

महोत्सवमा पूर्वप्रधानमन्त्री तथा राजनीतिज्ञ डा बाबुराम भट्टराई, साहित्यकार अमर न्यौपानेलगायतका लेखक तथा साहित्यकारहरुको उपस्थिति थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिकाले लेखकसमक्ष शिक्षा र साहित्यसँग सम्बन्धित जिज्ञासा व्यक्त गरेका थिए । उपस्थित सर्जक र सहभागीबीच जीवनमा साहित्यको महत्व र यसप्रतिको रुचिका साथै नागरिकले साहित्यसम्बन्धी अभिव्यक्त कसरी राख्ने भन्नेबारेमा चर्चा भएको थियो ।

करिब चार हजार दर्शकले अवलोकन गरेको महोत्वसमा लेखकसँग साहित्य संवाद, साहित्यिक कार्यशाला, साङ्गीतिक प्रस्तुति, पपेट शो, पुस्तक प्रदर्शनीलगायतका सिर्जनात्मक तथा रचनात्मक कार्यक्रम आयोजना गरिएको थियो ।

महोत्सवअन्तर्गतका तीनसत्रमा विभिन्न १३ वटा भाषा एवं साहित्य शिक्षणसम्बन्धी कार्यशाला आयोजना गरिएको थियो । यस कार्यक्रममा २४ विद्यालयका करिब ७०० विद्यार्थी सामेल भएका थिए ।

कार्यक्रममा अन्य विद्यालयका विद्यार्थी तथा अभिभावकलाई पनि सहभागी गराउन पाउँदा आफू एकदमै खुसी भएको अक्षराकी प्रधानाध्यापक अञ्जु भट्टराईले बताइन् । “हामीले साहित्यिक कार्याक्रम त प्राय प्रत्येक साता गर्दै आएका थियौँ तर यसरी साहित्यिक महोत्सव भने पहिलो पटक सम्पन्न ग¥र्यौं”, प्रधानाध्यापक भट्टराईले भनिन् ।

उनले पाठ्यक्रममा आधारित पुस्तकले पेशालाई चाहिने सीप तथा साहित्यले जीवन जीउने कला सिकाउने प्रधानाध्यापक भट्टराईले बताइन् । कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले विद्यालय, विद्यालय मात्र नभएर विद्यार्थी तथा अभिभावकलाई जोड्ने यस्ता महोत्सवले समाजमा सकारात्मक सन्देश दिने बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...