Admission Open

ad place

सान्तुइको नयाँ मोडलको मोटर ग्रेडर एस जी १७-३ नेपाली बजारमा

काठमाडौं : सान्तुइको नयाँ मोेडलको मोटर ग्रेडर एस जी १७-३ नेपाली बजारमा सार्वजनिक भएको छ ।

सान्तुइको लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता युनाइटेड इन्फ्रा इक्युपमेन्ट प्रालिले मोटर ग्रेटर सार्वजनिक गरेको हो । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारण सभा तथा १२ औं अधिवेशनको अवसरमा शुक्रबार महासंघका अध्यक्ष रवि सिंहले मोटर ग्रेडर सार्वजनिक गरे ।

यो मोटर ग्रेडर हाल सम्मकै शक्तिशाली इन्जिन रहेको प्रालिका प्रवन्ध निर्देशक श्याम खड्गीले जानकारी दिए । यो ग्रेडरमा १८० हर्ष पावर रहेको उनले बताए । त्यस्तै यसको अपरेटिङ वेट १७ टन भएको हुँदा नेपाली निर्माण जगतमा ठूला परियोजनाहरूका लागि प्रभावकारी हुने उनले बताए ।
सान्तुइको मोटर ग्रेडर नेपालमा सबैभन्दा बढी बिक्री हुने गरेको उनले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...