Admission Open

भक्तपूरको राधे राधेमा हुन्डाईको सुविधा सम्पन्न शोरुम

काठमाडौं : नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो सेवा बिस्तारको क्रममा भक्तपूरको राधे राधेमा नयाँ शोरुम संचालनमा ल्याएको छ । भक्तपूरमा खुलेको नयाँ शोरुम सहित देशभर हुन्डाईको शोरुमको संख्या १५ पुगेको छ ।

कम्पनीले संचालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ शोरुमबाट ग्राहकले गाडी किन्दा नयाँ एक्सपेरियन्स सक्ने बताइएको छ । भक्तपूरको राधे राधेमा संचालनमा आएको नयाँ शोरुममा हुन्डाई मोटर्सले उत्पादन गरेको आधुनिक गाडीहरु शोकेस गरिएको छ । ‘भक्तपूर र आसपासका क्षेत्रमा रहेका ग्राहकहरुलाई लक्षितगरी संचालनमा ल्याएको यस शोरुममा सेल्स, सर्भिस र स्पेयर्सपाट्स सहितको थ्रीएस सेवा उपलब्ध रहेको छ ।

अन्य शोरुममा जस्तै कम्पनीले उक्त शोरुममा लगनशील, दक्ष र अनुभवी कर्मचारीहरुले गाडि खरिद र खरिदपछिको उत्कृष्ट सेवा दिनेछन् । यसबाट ग्राहकले सबै किसिमका आवस्यक सेवा छरितो र सहज तरिकाले लिन सक्नेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलको नेपाल भरमा १५ वटा शोरुम तथा १९ वटा सर्भिस स्टेसन रहेको छ ।  हुन्डाईले उत्कृष्ट क्वालीटी तथा आकर्षक डिजाइनका गाडीहरु उत्पादन गर्दै आएको छ ।

टिप्पणिहरु
Loading...