Admission Open

नेपाली कांग्रेस सप्तरी जिल्लाको निर्वाचन भोलि हुने

सप्तरी : नेपाली कांग्रेस सप्तरीको स्थगित भएको जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन मङ्गलबार हुने भएको छ । निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचनस्थल परिवर्तन गर्दै मङ्गलबार गरिने निर्णय भएको छ ।

शनिबार विवादबीच स्थगित भएको उक्त निर्वाचन मङ्गलबार गरिने कांग्रेसले जनाएको छ । यसअघि निर्वाचन समितिले निर्वाचनस्थलमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै शनिबार दिउँसो ४ बजेतिर विवाद उत्पन्न भएपछि स्थगित भएको थियो ।

पटक–पटक समय परिवर्तन गर्दै शनिबारका लागि तय भएको जिल्ला अधिवेशन बिहान ८ बजेदेखि हुने भनिएको निर्वाचन १० बजेदेखि मात्र सुरु भएको थियो । रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचनस्थलमा एउटै व्यक्तिले पटक–पटक मतदाताको सहयोगी बनेको भन्दै विवाद उत्पन्न भएको थियो । नयाँ नेतृत्वका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साहले उम्मेदवारी दिनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...