Admission Open

एनआइयुको न्यु गोभा जि ०५ को १० युनिट गरुड सर्पोट प्रालिलाई हस्तान्तरण

काठमाडौं : नेपालका लागि एनआईयू इलेक्ट्रिक स्कुटरको एकमात्र आधिकारिक वितरक इको इन्फिनिटी प्रा.लि.ले एकै दिनमा १० वटा न्यु गोभा जि ०५ गरुड सपोर्ट सर्भिसलाई हस्तान्तरण गरेको छ ।

इको इन्फिनिटी प्रा.लि.सँग ई स्कुटर, मोपेड र साइकलका विभिन्न मोडलहरू छन् । प्रालिले सन् २०१७ देखि नेपाली बजारमा विद्युतीय सवारी साधन बिक्री गर्दै आइरहेकोे छ । आगामी महिनाहरूमा निरन्तर रूपमा थप भेरियन्टहरू ल्याउने प्रालिले जनाएको छ ।

इको इन्फिनिटीको मुख्य उद्देश्य शहरी गतिशीलताका लागि ग्राहकहरूलाई सन्तुष्टि प्रदान गर्नु रहेको जनाएको छ । इको इन्फिनिटीले सस्तो मूल्यमा पर्यावरण मैत्री सवारी साधन उपलब्ध गराउँदै आएको छ ।

इको इन्फिनिटी नेपाली बजारमा नम्बर प्लेट प्राप्त गर्ने पहिलो सफल ई–स्कुटर कम्पनी हो । कम्पनीले एक हजारभन्दा बढी स्कुटर नेपाली बजारमा बिक्री गरिसकेको जनाएको छ । एनआइयुको शोरुम काठमाडौं उपत्यका भित्र दरबारमार्ग र झम्सीखेलमा छ । बिर्तामोड र बुटवलमा पनि डिलरहरू उपलब्ध छन् । ९ वटा ‘क’ वर्गका बैंकबाट फाइनान्स सुविधा उपलब्ध रहेको प्रालिले जनाएको छ ।

पेट्रोलको मूल्य बढ्दै गइरहेको सन्दर्भमा विद्युतीय स्कुटर तथा सवारी नेपाली बजारमा अझै बढी आवश्यकता महसुस भइरहेको छ । विद्युतीय साधन मन पराउने ग्राहकका लागि एनआइयु उपयुक्त रहेको प्रालिले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...