Admission Open

ad place

३८८ सङ्क्रमित, १२ सय ५ निको, ४ जनाको मृत्यु

काठमाडौं, ९ फागुन : नेपालमा पछिल्लो २४ घण्टामा ३८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा २४७ जनामा २ हजार ९१५ जनाको एन्टीजेन परीक्षण गर्दा १४१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा अवधिमा १० सय ५ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९७.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ४  जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा ८ लाख ७३ हजार ४३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ११ हजार २८२ जना सक्रिय सङ्क्रमित छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...