
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
१७ असार २०८२, मंगलवार
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
ललितपुर : ललितपुर महानगरपालिकाले आजदेखि सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप दिने भएको छ । ललितपुर महानगरका २९ वटै वडामा आज ९ गते र भोलि १० गते बुस्टर डोज खोप लगाइने ललितपुर महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाद्वारा जारी सूचनाअनुसार बुस्टर खोप १८ वर्षभन्दा माथिका दोस्रो मात्रा लगाएको ६ महिना पुगेका व्यक्तिलाई दिइने जनाइएको छ ।
खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ । खोप लगाउन सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले आग्रह गरेको छ ।