Admission Open

ad place

सत्तारुढ दलका शिर्ष नेताहरूको बैठक विनानिष्कर्ष सकियो

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको बैठकमा एमसीसीबारे सहमति जुट्न सकेन ।
गठबन्न्धन आवद्ध दलमा एमसीसीबारे सहमति नजुटेपछि फेरि आइतबार बस्ने गरी बैठक सकिएको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।

गठबन्धनको बैठकमा कुनै सहमति नजुटेपछि शुक्रबार बस्ने प्रतिनिधिसभामा एमसीसी टेबुल नहुने भएको छ । बालुवाटारमा गठबन्धनको बैठकमा भाग लिन जानुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच अलग्गै बैठक भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...