Admission Open

ad place

सैनिक अस्पतालले माग्यो एकै चोटी १०० भन्दा बढी जनशक्ति, मेडिकल अधिकृमात्रै ६८ जना

कोरोना महामारीको उपचारका लागि मेडिकल जनशक्ति करारमा भर्ना गर्न लागिएको हो ।

 

काठमाडौँ,माघ १८

नेपाली सेनाले सञ्चालन गरिरहेकाे छाउनीस्थित वीरेन्द्र अस्पतालले ६८ जना मेडिकल कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । कोरोना महामारीको उपचारका लागि मेडिकल जनशक्ति करारमा भर्ना गर्न लागिएको हो ।

जसअनुसार अस्पताले सबैभन्दा बढी स्टाफ नर्स ५० जना मागेको छ । पिसिएल नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले स्टाफ नर्समा दरखास्त दिन पाउनेछन् ।

त्यस्तै, १० जना बिएन/बिएस्सी नर्स माग गरिएको छ । बिएन/बिएस्सी नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले दरखास्त दिन सक्नेछन् ।

एमबिबिएस उत्तीर्ण गरी एनएमसी दर्ता भएका ८ जना मेडिकल अधिकृत माग गरिएको छ ।  २० माघभित्र दरखास्त दिइसक्नुपर्ने छ ।

न्युज कारखाना

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...