Admission Open

आहा रारामा आज पहुना टोली भुटनिज युथ र एपिएफ भिडदै

पोखरा, ८ माघ  : पोखरा रंगशालामा जारी २० औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत पहुनाटोली भुटनिज युथ स्पोर्टस क्लब अमेरिका र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच खेल हुदैछ ।

पोखरा रंगशालको फुटबल मैदानमा दिउसो दुई बजेपछि यी दुई टिमवीच प्रतिस्पर्धा हुने छ । पोखरेली मैदानमा पाहुना टोली नयाँ हुने छ भने एपिएफ पुरानै सहभागी टिम हो । पोखराको मैदानमा यी दुईवीचको भेट पहिलो हो । पोखरेली मैदानमा सशस्त्रले आफनो प्रभाव गर्विलो बनाएको छ । तर उसले उपाधि उचाल्न भने सकेको छैन् । एक पटक फाइलन पुगेको एपिएफले पोखरेली मैदानमा उपाधि उचाल्ने सपनालाई पुरा गर्न सकेको छैन् ।

विगतमा पहुना टोली बलिया नदेखिपनि यस पटकको नयाँ टिमले पोखरेली मैदानमा कस्तोा प्रभाव पार्छ त्यो भने आजको खेलबाटै प्रष्ट हुने छ । यता हिजो सम्पन्न प्रिक्वाटर फाइनलको दोश्रो खेलमा नेपाल पुलिस क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङदीसँगको क्वाटर फाइनल यात्रा तय गरेको छ । ९० मिनेटको खेल १–१ बराबरीमा खेल्यो । अतिरिक्त ३० मिनेटमा समेत थप गोल नहुँदा खेल सडेन डेथमा पुलिसले बाजी मार्यो । पुलिसले सडेन डेथमा ६—५ को जित निकाल्दै अगाडीको यात्रा तय गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...