Admission Open

६ पटक आहा-रारा गोल्डकप विजेता पुलिस, चर्च ब्वाइज युनाइटेडसंग पराजित : पहिलाे खेलबाटै बाहिरियाे

[ आहा-रारा गोल्डकपको क्वार्टरफाइनल, चर्च ब्वाइज र मच्छिन्द्र क्लबवीच हुनेछ ]

काठमाडौँ, १५ पौष : नेपाल पुलिस क्लब पाेखरामा जारी २२औं संस्करणको आहा-रारा गोल्डकपकाे पहिलाे खेलबाटै बाहिरिएको छ । पहिलाे पटक सहभागी टिम चर्च ब्वाइज युनाइटेडसंग पराजित हुदै प्रतियाेगिताबाट बाहिरिएको हाे । आहारारामा ६ पटक उपाधि जितेकाे पुलिसलाई  चर्चले   २–१ पाखा लगाउदै क्वाटरफाइनल प्रवेश गरेकाे हाे।

चर्च ब्वाइजको जितमा नवप्रवेशी खेलाडी अञ्जन विष्ट र अनन्त तामाङले गरेकाे गाेल निर्णायक बनेपछि पुलिसकाे क्वाटरफाइनल यात्रामा पूर्णविराम लाग्यो  ।

खेलको पहिलो हाफमा विभागीय टिम नेपाल पुलिस क्लबले अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा प्रतियोगिताबाट यात्रा टुंग्याउदै घर फर्किन बाध्य भयाे ।  खेलको २५ औं मिनेटमा विभागीय टिम नेपाल पुलिस क्लबका रवि शंकर पासवानले गोल गर्दै अग्रता दिलाएका थिए ।

उनले निरकुमार राईको पासलाई सुन्दर फिनिसिङ गर्दै विपक्षी गोलपोस्टमा बल चुमाएका थिए ।

पहिलो हाफमा दबाबमा रहेको चर्च ब्वाइज दोस्रो हाफमा भने खेल सुधारेको थियो । अधिकांश समय नेपाल पुलिसलाई दबाबमा राख्न सफल भयो । पटकपटक पोस्ट प्रहार गरे पनि ७७ औं मिनेटमा मात्रै गोल गर्न सफल भयो ।

खेलको ७७ औं मिनेटमा चर्च ब्वाइजका तर्फबाट अञ्जन विष्टले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनी केही दिनअघिमात्रै मनाङमस्र्याङ्दी छाडेर चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका थिए ।

खेलको ७६ औं मिनेटमा चर्च ब्वाइजका एरिक विष्टले प्रहार गरेको बल नेपाल पुलिसका गोलरक्षक सञ्जीत श्रेष्ठको हात छुँदै बाहिरियो । तत्पश्चात चर्च ब्वाइजले पाएको कर्नर किक तेज तामाङले प्रहार गरेका थिए ।

तामाङको प्रहार विपक्षी टिमले सुरक्षित गर्न खोजे पनि बल एरिकको नजिक पुगेको थियो । बललाई हेडिङ गर्र्दै उनले बल पुनः विपक्षी पोस्टमा फ्याँकेका थिए । सोही ‘डिफ्लेक्ट’बललाई अञ्जनले प्रहार गर्दै सुन्दर फिनिसिङ दिएका हुन् ।

निर्धारित समयको अन्तिममा नेपाल पुलिसले डिबक्स एरिया नजिकै फ्रिकिक पाएको थियो तर सफल भएन ।

खेलको अन्तिम मिनेटमा पाएको अवसर पनि गोल मान्यता नपाएपछि केहीबेर खेलाडी र रेफ्रीबीच भनाभनसमेत भएको थियो । लगत्तै निर्धारित समय सकिएर खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको पहिलो हाफमै गोल गर्र्दै चर्च ब्वाइजले अग्रता लिएको थियो । अतिरिक्त समयको आठौं मिनेटमा चर्च ब्वाइजले कर्नर पायो । जसको सदुपयोग गर्र्दै चर्चब्वाइजले पुनरागमन अग्रता लिएको थियो ।

चर्च ब्वाइजका तेज तामाङले प्रहार गरेको कर्नर किक अञ्जन विष्टको ‘हेडिङ ब्याक फ्लिप’लाई अनन्त तामाङले प्रहार गर्र्दै विपक्षी गोलपोस्टको जाली चुमाएपछि प्रहरीकाे साताैँ पटक उपाधि जित्ने याेजना असफल बन्याे

बिहीबार भएको उद्घाटन खेलमा धरान फुटबलले क्लबले आयोजक सहारा क्लबलाई १–०ले पराजित गरेको थियो । उक्त हारसँगै आयोजक सहारा समूह चरणबाटै बाहिरिएको छ भने बुढासुब्बा गोल्डकप आयोजना गर्दै आएको धरान क्वार्टरफाइनल प्रवेश गरेको छ ।

आहा-रारा गोल्डकपको क्वार्टरफाइनलमा चर्च ब्वाइज क्लबको मच्छिन्द्रसँग भेट हुनेछ । मच्छिन्द्र जारी प्रतियोगितामा बाई पाउँदै सिधै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...