Admission Open

ad place

कोरोना संक्रमणको गति झनै रफ्तार : नेपालमा आजै थपिए ३ हजार ७५ जना संक्रमित

काठमाडौं,२८ पुस : नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । त्यस्तै २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ ।

टिप्पणिहरु
Loading...