Admission Open

देशका विभिन्न स्थानमा भारी हिमपात र वर्षा, जनजीवन कष्टकर

देशका विभिन्न स्थानमा बुधबार बिहानैदेखि भारी हिमपात र वर्षा भईरहेको छ । हिमपात र वर्षासँर्ग चिसो बढेको छ ।

हिमाली जिल्ला हुम्लामा बुधबार भारी हिमपात । हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ ।

हुम्लामा भारी हिमपात हुँदा पनि साढे एक घण्टाको बाटो डाँडाफाया गाउँबाट हिँडेर सदरमुकाम सिमकोटमा दाउरा बिक्री गर्न पुगेका बालक ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल तल्लो घोडेपानीमा बुधबार बिहान भएको हिमपात । हिमपात र चिसोले म्याग्दीको लेकाली बस्तीको जनजीवन कष्टकर बनेको छ ।
तस्विर :रासस
टिप्पणिहरु
Loading...