Admission Open

नेपाल आयो ६ लाख ६४ हजारभन्दा बढी फाइजर खोप

काठमाडौ, ९ पुस : थप ६ लाख ६४ हजारभन्दा बढी खोप शुक्रबार नेपाल ल्याइएकाे छ । कोभ्याक्स सुविधा अन्तर्गत आज बिहान ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप आएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।

सरकारले आगामी १३ पुसदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीलाई कोभिडविरुद्धको फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको छ।

नेपालले कोभ्याक्स सुविधामार्फत फाइजर खोपका १ लाख ६२० मात्रा कार्तिक महिनाको दोस्रो साता प्राप्त गरेको थियो। सुरुमा उक्त खोप यस अघि खोप लगाउन छुटेका १२ वर्षमाथिका दीर्घरोगीहरूलाई उपलब्ध गराइएको थियो।

टिप्पणिहरु
Loading...