Admission Open

ad place

चर्चित युवा नेतृ रञ्जु दर्शनाले त्यागिन् विवेकशील साझा पार्टी

काठमाडौं, ८ पुस : बिहीबार एक विज्ञप्ति जारी गर्दै विवेकशील साझा पार्टीकी चर्चित युवा नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु,’ दर्शनाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले आफू एक सचेत स्वतन्त्र नागरिकको भूमिमा रहने र तत्काल कुनै पार्टीमा नजाने बताएकी छन् । उनले भनेकी छन्, ‘८ पुस २०७८ बाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु ।’ उनले एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय रहने उनले बताएकी छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...