Admission Open

ad place

राप्रपाको महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान हुँदै

काठमाडौं, १८ मंसिर : राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न शनिबार बिहान आठ बजेदेखि मतदान सुरु भएको हो ।

अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देन उम्मेदवार छन् । उनीहरुबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान छ । दुवैले आफूले जित्ने बताउँदै आएका छन् । लामो समयदेखि राप्रपाको नेतृत्व गर्दै आएका कमल थापालाई लिङ्देनले चुनौती दिने नेता तथा कार्यकर्ताहरु बुभाई छ ।

महाधिवेशनमा ४ हजार ४ सय जना मतदाता रहेको राप्रपा स्रोतले बताएको छ । समावेशीसहित १४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाले उम्मेदवारी दिएका छन् ।

राप्रपाको १ सय ९९ सदस्यीय कार्यसमितिमध्ये मतदानबाट अध्यक्षसहित एक सय ४९ सदस्य चुनिने छन् । बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने राप्रपाको संशोधित विधानमा उल्लेख छ ।

आठ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । पदाधिकारीमा एक महिलासहित चार उपाध्यक्षका लागि आठ जना र एक महिलासहित तीन महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...