Admission Open

देशभरका सिनेमा हल खुलाउने निर्णय

२०७६ चैत्र ११ गतेबाट बन्द भएका देशभरका सिनेमा हलहरुलाई नेपाल सरकारले खोल्न दिने भएको छ । सरकारले लकडाउनको घोषणा गरेसँगै कोरोना महामारीका कारण देशभरका सिनेमा भवनहरु बन्द गर्ने निर्णय गरेको थियो । तर, लकडाउन सकिएको घोषणा गरेको निकै समय बितिसक्दा पनि सरकारले सिनेमा हलहरु भने संचालनका लागि अनुमती दिएको थिएन ।

सिनेमा हलहरु खोल्ने बारे चलचित्रकर्मीहरुले बारम्बार सरकारसँग अनुमती दिनका लागि अनुरोध पनि गरेका थिए तर सरकारले सिनेमा हलहरु खोल्ने बिषयमा कुनै पनि निर्णय नगरेपछि यही पौष १० गतेबाट प्रदर्शकहरुले एकतर्फी रुपमा हल खोल्न शुरु गरेका थिए ।

सीसीएमसीले केही दिन अगाडि नै सरकारलाई सुरक्षा मापदण्ड अपनाएर सिनेमा हलहरु सुचारु गर्न दिन आग्रह गरेको थियो । त्यसरी सीसीएमसीले गरेको आग्रह र उसैको पत्रलाई आधार मान्दै हल खोल्न दिने निर्णय गरेको हो ।

पौष १० गतेबाटै सिनेमा हलहरु संचालनमा आउन थालेको भएता पनि नयाँ चलचित्रहरु भने रिलिज हुन सकेका थिएनन् । सरकारलेनै खोल्न दिने निर्णय गरे पछि भने सुरक्षा मापदण्ड अपनाएर भए पनि नयाँ चलचित्रहरु रिलिज हुने अपेक्षा आम दर्शक र निर्माताहरुको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...