
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा कंग्रेसका लागि उम्मेदवारी दिएका माइक इटकिसले आफ्नो चुनावी अभियानको मुद्दा स्थापित गर्न १३ मिनेट लामो निजी यौन भिडियो सार्वजनिक गरेका छन्।
५३ वर्षीय इटकिसले यौन कार्यलाई कानुनी मान्यता दिने आफ्नो अभियानलाई चर्चामा ल्याउन भिडियो सार्वजनिक गरेको बताएका छन्। साइबर सुरक्षा र युक्रेन युद्धको अन्त्य पनि उनका प्रमुख चुनावी एजेन्डा हुन्।
इटकिसले यौन अधिकार, व्यक्तिगत गोपनीयता र सहमतिमा आधारित यौन सम्बन्धसम्बन्धी स्वतन्त्रताको पक्षमा आफू रहेको बताएका छन्। उनको यो कदमले अमेरिकी राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ भने सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ।


