Admission Open

ad place

कांग्रेस नेता डा कोइरालाद्वारा पार्टीको पछिल्लो अवस्था बारेमा छलफल

काठमाडौँ, १९ पुसः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको पछिल्लो अवस्था बारेमा काठमाडौँमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिलगायतसँग अन्तरक्रिया गरी राय लिनुभएको छ ।

विशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा आज भएको छलफलमा अहिलेको विषम परिस्थिति, समुचित निकास, राष्ट्रमा देखिएको सङ्कटको समाधान र पार्टीभित्रको द्वन्द्व अवतरण कसरी हुन सक्छ भन्ने लगायतका विषयमा छफफल भएको उहाँको सचिवालयले जनाएको छ ।

सो अवसरमा शुक्रबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले उठाउनुभएको विशेष महाधिवेशनका सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो ।

साथै आगामी आमनिर्वाचनमा एकताबद्ध रूपमा कसरी अगाडि बढ्न सकिन्छ ? भन्ने विषय, हालै पार्टीको अनुशासन समितिले गरेका कारबाहीको फुकुवालगायत विषयमा छलफल भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...