Admission Open

ad place

रेडमी नोट १४ सिरिजका लागि विशेष ‘बन्डलिङ योजना’

हरेक स्मार्टफोन खरिदमा रेडमी बड्स ५ए को केवल रु= ९९९ मात्र

काठमाडौः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले रेडमी नोट १४ सिरिजका लागि विशेष अफर घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले स्मार्टफोन खरिदसँगै प्रिमियम एसेसरीमा आकर्षक छुट पाउनेछन् । असोज ५ गतेदेखि कार्तिक १४ गतेसम्म -सेप्टेम्बर २१ देखि अक्टोबर ३१, २०२५_ सञ्चालन हुने यस अभियानअन्तर्गत, हरेक स्मार्टफोन खरिदमा ग्राहकले रेडमी बड्स ५ए केवल रु. ९९९ मा प्राप्त गर्न सक्नेछन् ।

यस अफरबारे शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भन्नुभयो, “हामी ग्राहकलाई उत्कृष्ट मूल्यसहितको अनुभव दिन प्रतिबद्ध छौं । ग्राहकलाई थप खुसी दिनका लागि ल्याइएको यो अफरमार्फत् हामीले उत्पादनलाई सबैका लागि अझ सुलभ बनाउन खोजेका छौं ।”

TVS_Golden key

रेडमी नोट १४ सिरिजअन्तर्गत कुनै पनि मोडल खरिद गर्ने ग्राहकले सामान्यतया रु. २,४९९ पर्ने रेडमी बड्स ५ए केवल रु. ९९९ मा पाउनेछन् । यो अफर रेडमी नोट १४, रेडमी, रेडमी नोट १४ ५जी, नोट १४ प्रो ५जी, र रेडमी नोट १४ प्रो+ ५जी सबै मोडलहरूमा लागू हुनेछ । ग्राहकहरूले जुनसुकै स्मार्टफोन छनोट गरे पनि एकै मूल्यमा एसेसरी प्राप्त गर्ने सुविधा पाउनेछन् ।

यो विशेष अफर कार्तिक १४ (अक्टोबर ३१, २०२५) सम्म मात्र उपलब्ध हुनेछ र देशभरका आधिकारिक शाओमी बिक्रेता र सबै स्मार्ट फोन बिक्रेतामार्फत प्राप्त गर्न सकिनेछ ।

स्मार्ट फोन बिक्रेतामार्फत प्राप्त गर्न सकिनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...