Admission Open

ad place

शेख हसिनाद्वारा प्रधानमन्त्री मोदीलाई बङ्गलादेश भ्रमणको निम्तो : विदेश मन्त्री

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको सपथपछि भएको संक्षिप्त भेटमा शेख हसिनाले भविष्यमा सम्बन्ध बलियो बनाउन नयाँ सरकारसँग मिलेर काम गर्ने इच्छा व्यक्त गर्नुभएको बङ्गलादेशका विदेशमन्त्री मोहम्मद हसन महमुदले बताउनुभयो ।

प्रधानमन्त्री शेख हसिनालाई आइतबार राजधानी दिल्लीको राष्ट्रपति भवनमा भएको शपथ ग्रहण समारोहमा आमन्त्रित गरिएको थियो ।

प्रधानमन्त्री शेख हसिना प्रधानमन्त्री मोदी र उहाँको मन्त्री परिषद्को शपथ ग्रहण समारोहमा सहभागी भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभयो । उक्त अवसरमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री मोदीको नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले लोक सभामा बहसमतका लागि पाएको सफलताका लागि बधाई दिनु भएको थियो । उहाँले सम्बन्ध बलियो बनाउन भविष्यमा नयाँ सरकारसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेको विदेश मन्त्री हसन महमुदले एएनआईलाई बताउनुभयो ।

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उहाँका भारतीय समकक्षी मोदीको नेतृत्वमा दुई देशबीचको सम्बन्ध ‘नयाँ उचाइमा’ पुगेको बताउँदै विदेशमन्त्री महमुदले बङ्गलादेशको तर्फबाट प्रधानमन्त्री मोदीलाई ढाका भ्रमणको निम्तो पनि दिएको बताउनुभयो ।

छिमेकीको रूपमा, आफ्हरूसँग धेरै अवसर भएको बताउँदै हाम्रा जनता–जनता बीचको सम्पर्कलाई बलियो बनाउने सन्दर्भमा अझ बढी सहकार्य भएमा यसबाट दुवै मुलुकले लाभ लिने विदेशमन्त्री महमुदले उल्लेख गर्नुभयो ।

राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले जुन ५ मा नरेन्द्र मोदीलाई आफ्नो नेताको रूपमा चयन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।

भारतीय संसदको ५४३ सदस्यीय तल्लो सदनको लोकसभा चुनावमा भाजपाको नेतृत्वमा रहेको एनडिएले २९३ सिट जितेको छ ।

प्रधानमन्त्री मोदी भारतका संस्थापक प्रधानमन्त्री जवाहरलाल नेहरूपछि लगातार तेस्रो कार्यकाल जित्ने दोस्रो भारतीय नेता हुनुहुन्छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...