Admission Open

ad place

प्रतिपक्षको अवरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित

काठमाडौं, ७ जेठ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका सरकार विपक्षी सांसदहरुले नारावाजी गरेर संसद अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ। आज जेठ ७ गते सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
बैठकमा कांग्रेसलगायतका प्रतिपक्ष दलहरुले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानमाथिको संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै नाराबाजी गर्दै अवरोध गरेको कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित गरिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...