Admission Open

ad place

नयाँ पुस्ता लक्षित शास्त्रीय सङ्गीत उत्सव

अन्नपूर्ण (कास्की) : पोखरामा नयाँ पुस्तालाई लक्षित गर्दै शास्त्रीय सङ्गीत उत्सव गरिएको छ ।
आइतबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको शास्त्रीय सङ्गीत तथा परम्परागत विभागको आयोजनामा उत्सव गरिएको हो । कार्यक्रममा शास्त्रीय सङ्गीत समाज गण्डकी र विन्ध्यावासिनी धार्मिक विकास समितिले सहकार्य गरेको थियो ।
सङ्गीतको व्याकरण शास्त्रीय सङ्गीतप्रति आकर्षण घटिरहेको समयमा नयाँ पुस्तालाई यस बारेमा जानकारी गराउन उत्सव गरिएको हो । प्रदीप सारु मगरको यमन रागबाट सुरु भएको उत्सव नृत्याङ्गना माया थापाको शास्त्रीय कथक नृत्यमार्फत बिट मारिएको थियो । उत्सवमा सङ्गीत र नृत्यका आठ प्रस्तुति राखिएको थियो ।
उत्सवमा गण्डकीका कलाकारले तीन शास्त्रीय सङ्गीतको प्रस्तुति दिएको उत्सवमा काठमाडौंबाट आएका कलाकारका पाँच वटा प्रस्तुति रहेका थिए । गायिका सङ्गीता रानाप्रधान, गायक तीर्थराज पोखरेल, बाँसुरीवादक दुर्गाप्रसाद खतिवडा, नृत्याङ्गाना माया थापा, गायक प्रदीप सारुमगर, विमल लामिछाने, कोएष्टिक पौडेल र अभिषेक भुसालको प्रस्तुति थियो ।
उत्सवमा शास्त्रीय सङ्गीतको थरीथरीका रागमा पोखरेलीले झुम्ने अवसर पाएको शास्त्रीय सङ्गीत समाज गण्डकीका अध्यक्ष श्यामलाल श्रेष्ठले बताए । राणाकालीन समयदेखि नै पोखरामा शास्त्रीय सङ्गीतको माहोल सुरु भएको उनल सुनाए । राणाकालीन समयको अन्त्यसँगै शास्त्रीय सङ्गीत ओेरालो लागेकामा श्रेष्ठको चिन्ता थियो ।
पश्चिमा सङ्गीतको प्रभावले सङ्गीतको व्याकरण शास्त्रीय सङ्गीतप्रति आकर्षण घटिरहेको छ । यो उत्सवले नयाँ पुस्तालाई शास्त्रीय सङ्गीतमा लाग्न प्रेरणा मिल्नेछ । (रासस)
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...