Admission Open

ad place

नेपालमा आधिकारिक रूपमा इन्ड्राइभको सेवा शुरु

[ यात्रु आफैँले चालक र भाडा रकम छान्न सक्ने उपयुक्त विकल्पसहितको सेवा ]

image

काठमाडौँ : ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवाको शुरुवात गरेको छ । इन्ड्राइभले न्यूनतम कमिशन लिएर पारदर्शी सेवा प्रदान गर्दछ । नेपालमा चालक र यात्रु दुवैका लागि निष्पक्ष र किफायती यात्रा सुनिश्चित गर्न इन्ड्राइभले चालकका लागि १०% सम्म कमिशन शुल्क लागू गरेको छ ।

पिपुल–टु–पिपुल मोडेल र ह्युमन ड्रिभन एप्रोचको कारणले इन्ड्राइभ एपको लोकप्रियता बढ्दै गएको छ । एल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड–हेलिङ एपहरू जस्तो नभई इन्ड्राइभले यात्रु र चालक दुबैलाई स्वतन्त्र रूपमा सवारीको भाडा बार्गेन गर्न सकिने अद्वितीय सुविधा प्रदान गर्दछ ।

यसले यात्रुहरुलाई आफ्नो सवारीको भाडा निर्धारण गर्न र चालकसँग सीधै एप भित्रै बार्गेन गर्ने स्वतन्त्रता दिन्छ । इन्ड्राइभ एपमा यात्रुहरूले आफ्नो सवारीको लागि आँफै भाडा प्रस्ताव गर्न सक्नुको साथै सवारी साधनको मोडेल, चालकको रेटिङ र चालक आउन लाग्ने समयको आधारमा कुनै एउटा चालकको राइड अफर लिन सक्छन् । यो नयाँँ प्रणालीले चालकहरूलाई पनि आफूलाई उपयुक्त हुने राइड रिक्वेस्ट लिन, आफ्नै मूल्य राख्न र आफ्नो सहजता अनुसार राइड असेप्ट गर्ने अधिकार दिन्छ ।

इन्ड्राइभको एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले भन्नुभयो “एउटा ब्राण्डको रुपमा इन्ड्राइभको मिशन भनेको अन्यायलाई चुनौती दिँदै १ अर्बभन्दा बढी मानिसहरुको लागि विश्वमा राम्रो ठाउँ बनाउनु हो । इन्ड्राइभ अब आधिकारिक रूपमा नेपालमा शुरु भएको घोषणा गर्न पाउँदा हामी उत्साहित छौँ । इन्ड्राइभले संसारभरका मानिसहरूलाई छनोटको स्वतन्त्रता दिन्छ । हाम्रो लागि नेपालको बजार अत्यन्तै महत्तवपूर्ण छ र हाम्रा सेवाहरूले नेपाली बजारमा नवीनता ल्याउने र रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।”

त्यस्तै इन्ड्राइभ नेपालको डिरेक्टर रीता पोखरेलले भन्नुभयो, “नेपालमा इन्ड्राइभको आधिकारिक सुरुवातले यहाँको राइड–हेलिङ उद्योगमा नयाँ अध्यायको शुरुवात गरेको छ । इन्ड्राइभ अब नेपालमा आधिकारिक रूपमा शुरु भएको घोषणा गर्न पाउँदा हामी उत्साहित छौँ । हाम्रा प्रयोगकर्ताहरूलाई निर्बाध र सुरक्षित भुक्तानी गर्न सजिलो होस् भनेर हाम्रो पेमेन्ट पार्ट्नरको रुपमा हामीले आइएमइसँग साझेदारी गरेका छौँ ।”

 

टिप्पणिहरु
Loading...