Admission Open

ad place

माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुमा IPO निष्काशन गर्ने पहिलो कम्पनीको रुपमा श्री क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड

काठमाडौं : माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुमा IPO निष्काशन गर्ने पहिलो कम्पनीको रुपमा श्री क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु.२२,५०,००,०००/- रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य रु.१००/- दरमा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि आज मिति २०८१ वैशाख १८ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न श्री एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरि सम्झौता गरिएको छ ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघुजीवन बीमा सेवा पु¥याउने लक्ष्य लिई यस क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स मिति २०७९/१२/२८ मा लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरी मिति २०८०/०२/०८ मा नेपाल बीमा प्राधिकरणबाट व्यवसाय सञ्चालन गर्ने स्वीकृती पत्र प्राप्त गरेकोे र कम्पनी रजिष्ट्रारको कार्यालयबाट मिति २०८०/०२/१० मा कारोवारको स्वीकृती प्राप्त गरी पब्लिक लिमिटेड कम्पनीको स्वरुपमा स्थापना भएको यस कम्पनीमा संयुक्त लगानीकर्ताहरुमा नेपाली प्रतिष्ठित व्यवसायी समूहहरुको संस्थापक लगानी ७०% रहेको छ र यस सार्वजनिक निष्काशन पश्चात् सर्वसाधारण लगानीकर्ताहरुको लगानी ३०% रहनेछ ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रतापमान श्रेष्ठ र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शिवान्त बहादुर पाँडे द्वारा हस्ताक्षर गरिएको    छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...