Admission Open

ad place

युक्रेनको ऊर्जा पूर्वाधारमा रुसद्वारा व्यापक आक्रमण

काठमाडौँ : युक्रेनको ऊर्जा पूर्वाधारमा रुसले बढाएको आक्रमणले दुई जना युक्रेनीको ज्यान लिनुको साथै हजारौं घरपरिवार विद्युतीविहीन भएका छन् ।

पश्चिमी लभिभ क्षेत्रमा भएको आक्रमणमा एक जना हताहत भएका छन् भने एक भवन ध्वस्त भएको छ । अल जजिराका अनुसार आक्रमण पछि भीषण आगो लागेको थियो । यसै अवस्थामा गभर्नर मक्सिम कोजिट्स्कीले टेलिग्राम मार्फत जारी उद्धार प्रयासलाई आह्वान गर्नु भएको छ ।

उत्तरपूर्वमा, गभर्नर ओलेह सिनिहुबोभले खार्किब क्षेत्रको पेट्रोल स्टेसनमा हवाई आक्रमण पछि एक व्यक्तिको मृत्यु भएकोमा शोक व्यक्त गर्नु भयो ।

साथै, युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा खसालिएको रूसी ड्रोनले गरेको क्षतिले कयौं युक्रेनीलाई बिजुलीविहीन बनाएको छ । भग्नावशेषले ऊर्जा पूर्वाधारमा आगो लगाउँदा यस्तो अवस्था सिर्जना भएको अल जजिराले गभर्नर ओलेह किपरलाई उद्धृत गर्दै भनेको छ ।

युक्रेनको अग्रणी निजी विद्युत प्रदायक कम्पनी डिटेकले सङ्कटको परिमाणलाई जोड दिँदै आक्रमण पछि एक लाख ७० हजार घरपरिवारले विद्युत कटौतीको सामना गरेको बताउनु भएको छ ।

युक्रेनी वायु सेनाले अराजकताको बीचमा रूसी आक्रमणलाई रोक्दै रुसले प्रहार गरेका११ ड्रोनमध्ये नौ र १४ वटा क्रुज मिसाइलमध्ये नौलाई खसालेको दाबी गरेको छ ।

यद्यपि, डिटेकका प्रसारण केन्द्रमा भएको पछिल्लो आक्रमण युक्रेनको ऊर्जा पूर्वाधारमा व्यापक आक्रमणको एउटा अंश मात्र हो । युक्रेनी ऊर्जा कम्पनी सेन्ट्रेनेर्गोका अनुसार रूसी आक्रमणले धेरै क्षेत्रहरूमा गम्भीर क्षति पुर्याएको छ । उत्तरपूर्वी खार्किब क्षेत्रको आधारशिला जिमिभ थर्मल पावर प्लान्ट भग्नावशेषमा परिणत भएको छ ।

आक्रमणले भौतिक विनाश भन्दा पनि कमजोर समुदायको दुर्दशा झनै बढाइदिन्छ । लगभग १२ लाख व्यक्तिहरूले जिमिभ क्षेत्रमा बिजुली कटौतीको सामना गरिरहेका छन् । मार्च २२ मा प्लान्टमा गरिएको बम हमलाबाट करिब सात लाख युक्रेनी अँध्यारोको पीडा भोग्दै छन् ।

निरन्तरको आक्रमण र बिनाशका बाबजुद युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रतिकूलताको सामना गर्न देशबासीसामु आग्रह गर्नु भएको छ । सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले पछिल्लो समयमा कुनैपनि क्षण रुसी आतङ्कवादले युक्रेनी जीवनलाई ध्वस्त पार्न लागिपरेको बताउनुभएको छ । (रासस )

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...