Admission Open

‘सृजनात्मक संयोजनका लागि समीचीन सदन’ ‘सुप्रभात काव्यगोष्ठी’ सम्पन्न

‘सृजनात्मक संयोजनका लागि समीचीन सदन’ भन्ने मुल नाराका साथ प्रत्येक महिना तेस्रो शनिबार बिहान ८:०० बजे नागार्जुन वाङ्मय प्रतिष्ठान ‘साविकको नागार्जुन साहित्यिक प्रतिष्ठान’  द्वारा आयोजना हुने ‘सुप्रभात काव्यगोष्ठी’ काठमाडौंको बागबजारमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष दिल पौडेलको अध्यक्षता र केन्द्रीय नेपाली विभाग कीर्तिपुरका सह प्राध्यापक डा. रजनी ढकालको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका १७ जना कवि तथा साहित्यकारहरुले आ आफ्नो सृजना वाचन गरेका थिए । कार्यक्रममा वाचित रचनाहरुको प्रशिक्षणात्मक समालोचना गर्दै प्रमुख अतिथि डा. ढकालले ‘साडी लगाउँदैमा पढाउन आउँछ र’ शीर्षकको दमदार कविता प्रस्तुत गर्नु भएको थियो ।

संस्थाका महासचिव युवराज नास्तिकको संचालन तथा सचिव मा‌धव घिमिरे ‘अटल’ र कोषाध्यक्ष शिवहरि पाण्डेले सहजिकरण गर्नु भएको कार्यक्रममा निम्नानुसारका कविहरुको उपस्थिति साथै तपसिलका शीर्षकहरुमा कविता , गजल, मुक्तक , हाइकु वाचन गर्दै २०८०र१२र१७ गते सभ्य/भब्य कार्यक्रम सम्पन्न भयो ।

दिल पौडेल (कविता) भिमानको सालिक
गङ्गा खतिवडा (कविता) विछिप्त समय
सुशीला शर्मा (राजनीति) छन्द कविता
लक्ष्मण देव पाण्डे (कविता) उ भागिरहेछ
शिवहरि पाण्डे (कविता) रामशाहपथको यात्रा
माधव घिमिरे ‘अटल’ (कविता) पवित्रताको पन्ध्रौं चुली
नवीन पल्लव (कविता) थाकेको छैन आमा
युवराज नास्तिक (कविता) मेरो थुम्को
गङ्गा प्रसाद भेटवाल (लघुकथा) नयाँ खेल
मीना देवकोटा (कविता) जिन्दगी के रहेछ हँ रु
पार्वती भट्ट (देउडा मुक्तक) हौँसिया मन हुनु।।।।
बलराम बिष्ट (कविता) सोह्रै सोह्र
मीरा ढकाल (गजल)
अर्पणा खड्का (कविता) जब उहाँ मन्त्री हुनुभो

साथै केशव घिमिरे र सुशान्त न्यौपाने को सहयोगमा कार्यक्रमको छायाङ्कन गङ्गा भेटवालले गर्नु भएको थियो ।

टिप्पणिहरु
Loading...