Admission Open

‘द लार्जेस्ट मोमो पार्टी ‘ का लागि कोका–कोलाले बनायो गिनिज वर्ल्ड रेकर्ड


काठमाडौँ : कोका–कोलाले नेपालमा ’द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वर्ल्ड रेकर्ड ऐतिहासिक उपलब्धि कायम गरेको छ ।

चैत २ गते शुक्रबार काठमाडौंको  बौद्धस्थित हायात रेजेन्सी ग्राउन्डमा ’काठमाडौँ इज कुकिंग’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ’द लार्जेस्ट मोमो पार्टी’ मार्फत नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेको हो ।

कोका–कोलाले ५०० जना भन्दा बढी सहभागीहरूका साथ यो कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो । प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मो-मो खान दिएको थियो । खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हईजिन इन्स्पेक्टर र दुईजना साक्षीहरु पनि कार्यक्रममा उपस्थित रहेका थिए ।

कार्यक्रम लगभग १५ मिनेट चलेको थियो र सहभागीहरूले कोका–कोलासँगै मोमोको स्वाद लिएका थिए ।

कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर, चन्द्रिका कालियाले कम्पनीको उपलब्धिमा गर्व व्यक्त गर्दै भन्नुभयो, “कोका–कोला र मोमो नेपालीहरुलाई साँच्चै नै मन पर्दछ र यो उपलब्धि त्यसकुराको साक्षी बन्न पुगेको छ । परिकारहरुको यो उत्सव नेपाली संस्कृतिको जीवन्तताको प्रमाण हो । हामी नेपाली समुदायमा उत्सव र आनन्दको अविस्मरणीय अनुभवहरू सिर्जना गर्न पाउँदा गर्व गर्दछौं ।“
कोका–कोलाले नेपालमा लगातार नौ वर्षदेखि मोमो उत्सव अभियान आयोजना गर्दै आएको छ ।

कोका–कोला नेपालको सामुदायिक भावना र समृद्ध सम्पदाको उत्थान गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...