Admission Open

नेप्सेमा सामान्य अङ्कको वृद्धि ९ दशमलव ३३ अङ्कले बढ्यो परिसूचक

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो ।

परिसूचक ९ दशमलव ३३ अङ्कले बढेर २ हजार १७ दशमलव ०३ अङ्कमा पुगेको छ । आज विभिन्न ३०८ कम्पनीका ९१ लाख ३८ हजार १५४ कित्ता शेयर ५८ हजार ९४० पटक खरिदबिक्री हुँदा रु ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३५७ को कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ, जीवन बीमा र म्यूचुअल फण्डबाहेकको समूहको उपसूचक बढेको छ । डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वरोगजार लघुवित्त वित्त विकास बैंकको ८ दशमलव ७०, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८ दशमलव ६७, गुर्खाज फाइनान्सको ८ दशमलव ०९ र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८ प्रतिशतले बढेको छ ।

धेरै गुमाउनेमा मोलुङ हाइड्रोपावर कम्पनी ९ दशमलव ७१ र ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१ को शेयर मूल्य ५ दशमलव ५४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रु ३३ करोड ३७ लाख ७८ हजार ८०७ बराबरको ६ लाख ५७ हजार ७३९ कित्ता शेयर कारोबार भएको छ । रासस

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...