Admission Open

आज अन्तिम दिन : सर्वोत्तम सिमेन्टको आइपीओ भर्नुभयो ?

काठमाडौं : सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधरणका लागि जारी गरेको आइपिओमा आवेदन दिनुभयो ? यदि दिुनभएको छैन भने आज अन्तिम अवसर हो । कम्पनीले फागुन १३ गतेदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको हो । आइपिओमा माग भन्दा धेरै आवेदन परेपछि आज बैंकिङ समय पश्चात आवेदन दिन बन्द हुनेछ ।

वैदेशिक रोजगारीमा रहेकाहरुलाई र स्थानीयलाई आइपिओ बाँडफाँड गरेपश्चात कम्पनीले सर्वसाधरणका लागि आइपिओ खुल्ला गरेको हो । स्थानीय प्रभावितका लागि जारी आइपिओमा माग भन्दा थोरै मात्रामा आवेदन परेको थियो । स्थानीयबाट आवेदन नपरेको कित्तासहित कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशनमा ल्याएको हो ।

लगानीकर्ताहरुले न्युनतम ५० कित्ताका लागि र बढीमा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले बुक बिल्डिङ विधिबाट आइपिओ जारी गरेको हो । आइपिओमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा कायम गरिएको छ ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेड कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ । सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...