Admission Open

लगातार घटेको नेप्से आज १३ अंकले बढ्यो : कारोबार २ अर्बमाथि

काठमाडौँ, १४ फागुन : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अंकले उकालो लागेर १ हजार ९ सय ९२ दशमलव३० मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १४ अंकले उकालो लागेर तीन सय ५५ दशमलव ९७ मा पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्यमा भने उकालो लागेको छ । विभिन्न कम्पनीका कूल ५९ लाख ८८ हजार सात सय १७ कित्ता शेयर रु दुई अर्ब एक करोड ७७ लाख ३९ हजार ६० मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु ९ करोड ७१ लाख ८० हजार दुई सय २९ मूल्य बराबरको शेयर कारोबार भयो ।

हिमालयन रिइन्स्योरेन्स रु सात करोड ७५ लाख तीन हजार आठ सय २२, शिवम् मिसेन्ट रु ६ करोड ६७ लाख ६७ हजार पाँच सय २८, गुर्खाज फाइनान्स रु छ करोड २६ लाख ६४ हजार १८ र सन नेपाल इन्स्योरेन्स रु छ करोड १८ लाख सात हजार नौ सय १८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त ८ दशमलव १६, नेपाल वेयर हाउस कम्पनी ७ दशमलव ६५, सोनापुर मिनरल्स ७ दशमलव ३५ र सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ६ दशमलव ७२ प्रतिशतले कमाएका छन् ।

यस्तै, समाज लघुवित्त १०, बिपीडब्ल्यू ८ दशमलव ७७, किसान लघुवित्त ५ दशमलव ५६, गुर्खाज फाइनान्स ५ दशमलव ३५ र ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलोका लगानीकर्ताले ३ दशमलव ६० प्रतिशतले गुमाएका छन् । रासस

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...