Admission Open

ad place

एनआइएमबि एस क्यापिटल लिमिटेड र माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट बिच सम्झौता


काठमाडौँ  : माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आफ्नो जारी पूँजीको ३० प्रतिशत हुन आउने २५,८०,००० कित्ता साधारण शेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड र माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड बिच धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा सम्झौता गरिएको छ । उक्त शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष श्री अर्जुन प्रसाद पौडेल र एनआइएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक श्री सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ ।

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले दुधकुण्ड खोलाको पानी प्रयोग गरी १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण गर्दै आईरहेको छ । सोलुखुम्बु जिल्लामा अवस्थित उक्त आयोजनाको निर्माण कार्य ८० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ ।

उक्त सम्झौता अन्तर्गत एनआइएमबि एस क्यापिटल लिमिटेडद्वारा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको साधारण शेयरहरु सार्वजनिक निष्काशन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...