Admission Open

ad place

काठमाडौँ  / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको ११,२५,००० कित्ता साधारण शेयरको बाँडफाँड
श्री एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा श्री सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जारी पूँजी रु.३,७५,००,००,०००÷– (अक्षरेपी तीन अर्ब पचहत्तर करोड मात्र) मध्ये ३०% अर्थात रु.१,१२,५०,००,०००÷– (अक्षरेपी एक अर्ब बाह्र करोड पचास लाख) रकम बराबरको १,१२,५०,००० कित्ता मध्ये १०% अर्थात ११,२५,००० कित्ता शेयर प्रति शेयर रु.१००/ अङ्कित दरमा प्रिमियम वापत रु.१४४ थप गरी जम्मा प्रति शेयर मूल्य रु.२४४+– को दरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि मिति २०८०/०३/३१ गते देखि मिति २०८०/०४/१४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सो अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी योग्य आवेदकहरुमा सो निष्काशित शेयरहरुको आज मिति २०८०/०४/२२ गते दिनकोे निष्काशन तथा बिक्री प्रबन्धक श्री एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बाँडफाँड कार्यक्रम सम्पन्न भयो ।
१९,३०,९०० कित्ता खरिदका लागि २७,६३२ जना बाट आवेदन प्राप्त भएकोमा ४ जना आवेदकहरुबाट ३३० कित्ता रितपुर्वक नदेखिएकोले सो आवेदनहरुलाई अयोग्य ठह¥याई रद्द गरी कूल २७,६२८ जना आवेदकहरुबाट १९,३०,५७० कित्ताका लागि रितपूर्वक दरखास्त प्राप्त भएकोमा, धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम सर्वप्रथम रितपूर्वक आवेदन दिनुहुने सम्पुर्ण आवेदकहरुलाई न्युनतम १० देखि ४० कित्ता सम्म माग गर्ने ७,८८५ आवेदकहरुलाई माग बमोेजिमका १,५४,९९० कित्ता तथा ५० देखि २,००० कित्ता सम्म माग गर्ने १९,७४३ आवेदकहरुलाई ४० कित्ताका दरले ७,८९,७२० कित्ता गरी कुल ९,४४,७१० कित्ता बाँडफाँड गरियो । सो बाँडफाँड पश्चात् बाँकी रहन गएको १,८०,२९० कित्ताको हकमा ५० देखि २,००० कित्ता सम्म मागगर्ने १९,७४३ जना आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँड गर्न अपुग हुनेभएकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम ५० देखि २,००० कित्ता सम्म मागगर्ने सम्पुर्ण आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथा विधि द्धारा थप १० कित्ताका दरले १८,०२९ जना सफल आवेदक छनोट गरी १,८०,२९० कित्ता बाँडफाँड गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...