Admission Open

कथाकार डिआर राईको कथासंग्रह ‘खोक्पा’ बजारमा

काठमाडौँ  : साहित्यकार/कथाकार डिआर राईको कथासंग्रह ‘खोक्पा’ बजारमा आएको छ । २०८० पौष १४ गते पुस्तक लोकार्पण गरिएको हो। यस कथासंग्रहमा विभिन्न विषयमा लेखिएका ११ वटा कथा समावेश छन्।

यस संग्रहमा जेष्ठ नागरिकले भोग्ने दुस्ख, वैदेशिक रोजगारीले परिवार र सम्बन्धमा पारेको असर, पर्यावरणलगायत विभिन्न विषयवस्तुकेन्द्रीत कथाहरु छन् । पुस्तकमा संग्रहित ‘बुढो रुख’ कथाले प्रकृति र मानवको तुलना गर्दै बुढेसकालको एक्लो जीवनलाई चित्रण गरेको छ। ‘हराएको नाता’ कथामा जीवनको अन्तिम अवस्थामा छोराबुहारीले आमालाई छाडेर विदेश गएको मार्मिक प्रसंग छ ।

त्यसैगरी ‘नयाँ बाकस’ शीर्षक कथामा वैदेशिक रोजगारीमा गएको बाबुले छोरीलाई ल्याइदिएको नयाँ बाकसभित्रको उपहारलाई विषय बनाइएको छ ।

त्यस्तै डिआरका अन्य प्रकाशित सिर्जनात्मक कृतिहरुमा ‘नयाँ मोडहरू’ (गीतसंग्रह २०६३), ‘कान्तिपुरदेखि सन्दकपुरसम्म’ (यात्रा संस्मरण २०६६) , ‘आत्मभाव’ (गीतसंग्रह २०७२), ‘तिलस्मी’ (उपन्यास २०७५), ‘सेन्टोसा’ (यात्रा संस्मरण २०७७), ‘समयको डोब’ (अनुभव र अनुभूति २०७७), ‘स्प्राउड अन द रक’ (तिलस्मी उपन्यासको अनुवाद २०७८) लगायतका कृतिहरू प्रकाशित छन्।

No photo description available.

टिप्पणिहरु
Loading...