Admission Open

ad place

रारा तालमा बढ्न थाल्यो पर्यटकको सङ्ख्या र फोहोर

मुगु : रारा तालमा पर्यटकको सङ्ख्या बढ्न थालेपछि फोहरको समस्या बढ्न थालेको छ । विशेष गरी मुर्माटप र मिली चौरमा बढी फोहर देखिने गरेको छ ।फोहरमैलाको उचित व्यवस्थापनको भरपर्दो माध्यम नहुँदा बिस्कुट, चाउचाउ, पानी र बियरका बोतल, चक्लेटलगायतका प्लाष्टिक र कागज थुप्रिन थालेका छन् ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका प्रमुख राजु घिमिरेका अनुसार रारा आउने सबै पर्यटकबाट प्रवेश शुल्कबापत रु एक सय लिने गरिएको छ । “निकुञ्ज क्षेत्रभित्र कुनै प्रकारको फोहर नगर्न भन्छौँ तर पनि फोहोर भइरहेको छ”, उनले भने । रारा ताल आसपास जम्मा फोहर रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका कर्मचारीले संकलन गरी व्यवस्थापन गर्दै आएको रारा राष्ट्रिय निकुञ्जका मुख्य संरक्षण अधिकृत घिमिरेले बताए ।

निकुञ्ज कार्यालयका अनुसार प्रत्येक महिनाको दोस्रो शुक्रबार निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र कर्मचारी मिलेर फोहर संकलन र व्यवस्थापन भइरहेको छ । केही वर्ष अगाडि नेपाल टेलिकमको सहयोग तथा छायाँनाथ रारा नगरपालिकाको पहलमा रारा राष्ट्रिय निकुञ्जका मिलिलगायत विभिन्न ठाउँमा डस्टबिनको व्यवस्था गरिएको थियो ।

रारा ताल अवलोकनका लागि चालु आवको मङ्सिर मसान्तसम्म ६ हजार ७५ आन्तरिक पर्यटक, सार्क मुलुकका २६ जना र अन्य विदेशी ९९ सय जना गरी ६ हजार २ सय पर्यटक आएका छन् । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...