Admission Open

ad place

शेयर बजार मापक नेप्सेमा २१ अंकको करेक्शन

काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव शुन्य तीन अंकले ओरालो लागेर २ हजार ८८ दशमलव शुन्य सातमा सिमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव २९ अंकले ओरालो लागेर तीन सय ९१ दशमलव ३३ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कूल एक करोड ८५ लाख ८९ हजार तीन सय ७९ कित्ता शेयर रू सात अर्ब ११ करोड १७ लाख ३३ हजार आठ सय २९ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू ३० करोड ४३ लाख २८ हजार बराबरको कारोबार भएको छ ।

त्यस्तै, हाथवे इन्भेस्टमेन्ट रू २९ करोड ५० लाख ९ हजार पाँच सय ९४, सोनापुर मिनरल्स रू २८ करोड १९ लाख ४५ हजार सात सय, घोराही सिमेन्ट रू २२ करोड ५२ लाख २२ हजार र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको रू १९ करोड तीन लाख ७२ हजार आठ सय बराबरको शेयर कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल, कालिका पावर, सामलिङ पावर, बिपीडब्ल्यू लघुवित्त, चिर्खवा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, सूर्यज्योती लाइफ इन्स्योरेन्सलगायतका कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, ज्योति विकास बैंकको ऋणपत्र र नेपाल रिपब्लिक मिडियाको शेयर मूल्यमा १० प्रतिशतले गिरावट आई नकारात्मक सर्किट लागेको छ ।

हाथवे इन्भेस्टमेन्ट नौ दशमलव ८५, आँखु खोला जलविद्युत् कम्पनी नौ दशमलव १७ र हिमालयन डिस्टिलरीको शेयरधनीले ६ दशमलव ८७ प्रतिशतले गुमाएका छन् । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...