Admission Open

ad place

चौरजहारी अवतरण गर्न नसकेर सेनाको स्काई ट्रक सुर्खेत पुग्यो

काठमाडौं : भूकम्प प्रभावितका लागि मेडिकल टिमसहित काठमाडौंबाट रुकुम उडेको नेपाली सेनाको हेलिकप्टर चौरजहारी अवतरण गर्न नसकेर सुर्खेत पुगेको छ ।

नेपालगञ्ज विमानस्थलका निमित्त प्रमुख तेजबहादुर बुढथापाका अनुसार चौरजहारी विमानस्थलको मौसम नखुलेका कारण सेनाको स्काइ ट्रक त्यहाँ अवतरण गर्न नसकेको हो ।

सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोलीसहित नेपाली सेनाको स्काई ट्रक चौरजहारी प्रस्थान गरेको थियो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...