काठमाडौँ, २६ भदौ / नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले सार्वजनिक बिदा दिएको छ । आज गृह मन्त्रालयले सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिने बताएको हो ।
उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिएका छन् । सो दिन कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने पनि शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो ।