Admission Open

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन : मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौँ, २६ भदौ / नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । निधनपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा नेता, कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको छ । गएराति १ बजे हृदयघातका कारण अकस्मात निधन भएको बुझिएको छ । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।

हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका थिए । राति नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीलगायतक नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको बताउँदै दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालबाट पार्थिक शरीर पार्टी कार्यालय लगिएको छ । आज बिहान ७ बजेबाट पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...