काठमाडौँ, २१ भदौ / काठमाडौँ महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । आज बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको बताइएको छ । डेंगु संक्रमण देखिएपछि उनलाई ग्राण्डी अस्पताल भर्र्ना गरी उपचार भइरहेकोमा आज बिहान ग्राण्डी अस्पतालमै उनको निधन भएको हो ।