Admission Open

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति  रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा भेटवार्ता भएको हो ।

प्रतिनिधिसभा सदस्य एवं पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र केन्द्रीय सदस्य लिमा अधिकारीलगायतको वार्तामा सहभागिता रहेको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन् ।

त्यसअवसरमा नेपाल र चीनबीच आपसी चासोका विषयमाथि छलफल भएको थियो । मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयमा  पनि उनीहरूबीच छलफल भएको थियो । राजदूत सोङले उत्तरी सीमा क्षेत्रमा भएको समस्याप्रति आफ्नो ध्यानाकर्षण भएको र सोबारे  यथाशीघ्र समाधानका पहल गरिने बताए ।

सभापति लामिछानेले आफ्नो दल पनि एक चीन नीतिप्रति अडिग रहेको अवगत गराएका थिए ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...