Admission Open

ad place

आजकाे बिदेशी मुद्राकाे बिनिमय दर यस्ताे छ

काठमाडौँ, ३ साउन / नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्री दर १३१ रूपैयाँ ५६ पैसा तथा युरो एकको खरिददर १४७ रूपैयाँ ३४ पैसा र बिक्री दर १४८ रूपैयाँ ०१ पैसा कायम गरिएकाे छ ।

हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा तथा युरो एकको खरिद दर १४७ रूपैयाँ १३ पैसा रबिक्री दर १४७ रूपैयाँ ८० पैसामा काराेबार भएकाे थियाे ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ६९ पैसा र बिक्री दर १७२ रूपैयाँ ४८ पैसामा काराेबार गर्न अनुमति दिएकाे राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिद दर ८९.२४ रुपैयाँ  र बिक्री दर ८९.६४ रुपैयाँ  तथा क्यानेडियन डलर एकको  खरिददर  ९९ रुपैयाँ  १८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६४ पैसा कायम गरिदिएकाे छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा तथा दक्षिण काेरीया वन १०० को खरिदमा १० रूपैयाँ ३९ पैसा र बिक्रीदर  १० रूपैयाँ ४३ पैसामा खरिदबिक्री हुनेछ ।

साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले  साउदी रियाल एकको खरिद दर ३४.९ रुपैयाँ तथा  बिक्री दर ३५.६ रुपैयाँ,  मलेसियन रिंगिट  एकको खरिद दर  २८.८३  रुपैयाँ र बिक्री दर २८.९६  रुपैयाँमा काराेबार गर्ने अनुमति दिएकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...